छुटे अनेरास्ववियुका ४ नेता
कास्की | जेठ १७, २०७९
पोखरा: वडा प्रहरी कार्यालय बैदामको हिरासतमा रहेका नेकपा एमाले निकट भातृ विद्यार्थी संघ अनेरास्ववियुका ४ विद्यार्थी नेता रिहा भएका छन् ।
सरकारी गाडी नियन्त्रण गर्ने क्रममा बिहान पक्राउ परेका अनेरास्ववियुका केन्द्रीय सदस्य किशोर सुवेदी, जिल्ला सचिवालय सदस्य विवेक ओझा, विजय भुजेल र महानगर कमिटीका कोषाध्यक्ष अमित तिमिल्सिना रिहा भएका हुन् ।
उनीहरुले गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयको गाडीलाई नियन्त्रणमा लिन खोजेका थिए । सोही क्रममा ४ जनालाई बैदाम प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनीहरुलाई आजै रिहा गरेपनि सरकारी एक महिला कर्मचारीलाई अभद्र व्यवहार गरेको कसुरमा अनेरास्ववियुका केन्द्रीय सदस्य तथा कास्की सहइन्चार्ज महेन्द्र उपाध्याय ‘मन्नु’ र अनेरास्ववियु समर्थक माधव पौडेल पक्राउ परेका थिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

